सेयर बजारले करेक्सनलाई पार गरेको छ । बुधबार नेप्से ५० अंकले बढेपछि लगानीकर्ताले बजारको करेक्सन पार गरेको अर्थ लगाएका हुन् । नेप्से अब बुुलिसतर्फ सोझिएको लगानीकर्ता बताउँछन् । झन्डै दुुई हप्ताको उच्च करेक्सनपछि बजारमा हरियाली छाएको हो । बजार बढेपछि लगानीकर्ताको आकर्षण भने विशेष गरी जलविद्युुत् र फाइनान्सतर्फ बढेको छ । बुधबार कारोबारमा आएका १३ वटै समूूहको सूूचकमा हरियाली छाएको छ । जीवन बिमा, फाइनान्स समूूहको सूूचकमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ ।
बुधबार नेप्से सूचक ५० दशमलव ५८ अंकले बढेर दुई हजार ६ सय ६५ दशमलव ९४ बिन्दुुमा पुुगेर बन्द भएको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स आठ दशमलव ५८ अंकले बढेर पाँच सय तीन दशमलव ४६ बिन्दुुमा पुुगेको छ । परिसूचक बढे पनि कारोबार रकममा भने उत्साह देखिएको छैन ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको एक करोड कित्ता सेयर खरिद–बिक्री हुुँदा पाँच अर्ब दुई करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बजार बढे पनि लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको अवस्थामै बसेका देखिन्छन् । केही दिनको प्रतीक्षापछि मात्र लगानीकर्ताले बजारको अवस्था बुुझेर सेयर खरिद–बिक्री बढाउने देखिएको छ ।
अपि पावर कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन डिस्टिलरी कम्पनीको १८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंक, युुनाइडेट मोदी हाइड्रोपावर कम्पनी, आइसिएफसी फाइनान्स, मेगा बैंक, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर नेसनल हाइड्रोपावर कम्पनीको १५ करोडदेखि १३ करोड रुपैयाँको कारोबार भएको छ ।
बढेको सेयर बजारमा तीन कम्पनीको सेयर सर्किट मूूल्यमा कारोबार भएको छ । अपि पावर कम्पनी, ग्रिन डेभलेपमेन्ट र मनकामना स्मार्ट लघुवित्तको सेयर मूूल्यमा सर्किट लागेको हो । युुनाइटेड इदी मर्दी आरबी, कालिका पावर कम्पनी, हिमालयन ऊर्जा, छ्याङदी, जोशी हाइड्रो डेभलपमेन्टको नौदेखि आठ प्रतिशतले बढेको छ ।