रिज लाइन इनर्जीले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

रिज लाइन इनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) का लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले मंगलबार नियुक्तिसम्बन्धी सम्झौता गरेको छ।

सम्झौतामा रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन्। कम्पनीले गोरखा जिल्लाको अजिरकोट– २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।

कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजारको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको २० लाख ८२ हजार आठ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।

सुझावित समाचार