लोसपा प्रदेश २ संसदीय दलको नेतामा सोनल

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोमबार जनकपुरधाममा  बसेको लोसपा संसदीय दलको बैठकले सोनललाई संसदीय दलको नेतामा निर्वाचित गरेको हो । 

महन्थ ठाकुरलाई निर्वाचन आयोगले मान्यता नदिएपछि लोसपा गठन भएको थियो। प्रदेश २ को सरकारका पूर्वमन्त्रीसमेत रहेका सोनलले जसपा छोडेर ठाकुरलाई साथ दिएका थिए।

See More On

सुझावित समाचार