एउटै खोरका २२ वटा बाख्रा चितुवाले मार्‍यो

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

गुलरिया नगरपालिका–५ सन्तोषी टोलका चन्द्रकान्त पौडेलको बाख्राको खोरमा पसेर चितुवाले २२ वटा खसी–बाख्रा मारेको छ । बृष पशुपंक्षी तथा बाख्रापालन फर्ममा रातको समयमा खसी–बाख्रालाई आक्रमण गरेको उनले बताए ।

पौडेलले सोमबार बिहान उठेर खोरमा जाँदा मरेका बाख्रा फेला पारेका थिए । प्रहरीले चितुवाको आक्रमणबाट करिब तीन लाख मूल्यबराबरका बाख्रा मारिएको अनुमान गरेको छ ।

घटनाबारे थप जानकारी लिने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले बताए । स्थानीयका अनुसार यसअघि पनि चितुवाको आक्रमणबाट घरपालुवा चौपाया मारिने गरेका थिए । तर, ठूलो संख्यामा चितुवाले घरपालुवा चौपाया मारेको भने यो पहिलो हो । 
 

See More On

सुझावित समाचार