विश्वबाट आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन्। विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनले आणविक हतियारहरू विश्वबाट नै अनिवार्य रूपमा उन्मूलन हुनुपर्नेमा जोड दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

महामसचिव गुटर्रेसले आणविक हतियार मानवताविरुद्ध र घातक भएको उल्लेख गर्दै विश्वबाट नै  उन्मूलन गर्नुपर्ने बताए। आणविक हतियारहरू विश्वमा अहिले पनि एक चुनौतीका रूपमा रहेको उनको धारणा छ ।

उनले पछिल्लो एक दशकयता विश्वबाट नै आणविक हतियारहरू घट्दो रूपमा रहेको पाइएको भए पनि यसको संख्या अझै कम्तीमा १४ हजार जति रहेको बताए ।

सुझावित समाचार