कांग्रेस अधिवेशन : मुगुका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

मुगुका तीन गाउँपालिकामा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ। १४औँ महाधिवेशनअन्र्तगत जिल्लाका चार स्थानीय तहमध्ये तीन गाउँपालिका खत्याड, सोरु र मुगम कार्मारोङमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

खत्याड गाउँपालिकाको सभापतिमा लोकराज दाहाल, सोरु गाउँपालिकामा कुबेरजंग शाही, र मुगुम कार्मारोङ गाउँपालिकामा गारा तामाङ सर्वसम्मत चयन भएका हुन् ।
यता, छायानाथ रारा नगरपालिकामा भने आइतबार बेलुकीसम्म सहमति हुन नसकेपछि आज सोमबार दिउँसोदेखि निर्वाचन हुँदै छ ।

जिल्लाका चारवटै स्थानीय तहमा नियमित तालिकाअनुसार शनिबार नै अधिवेशन उद्घाटन गरिए पनि तीन गाउँपालिकामा १० गते बेलुकी मात्रै सभापति र पदाधिकारी निर्विरोध चयन गर्न सफल भएको मुगु कांग्रेसले जनाएको छ ।

सुझावित समाचार