नेकपा (एस)निकट खेलकुद महासंघ गठन

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–समाजवादी)निकट नेपाल खेलकुद महासंघ गठन भएको छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । 

एमाले निकट महासंघ केन्द्रीय समितिमा रहेका ३३६ सदस्यमध्ये ३०७ जनाले एकीकृत समाजवादीको जनवर्गीय संगठनमा रहने नर्णय गरेका हुन् । आगामी १२ र १३ कात्तिकमा काठमाडौंमा राष्ट्रिय भेला गरिने महासंघको १२ सदस्यीय पदाधिकारी तथा ७५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।  

पार्टीका उपमहासचिव डा. विजय पौडेलले नयाँ कार्य समितिलाई खेलकुदका माध्यमबाट देशभर संगठनलाई प्रभावकारी ढंगबाट सञ्चालन गरी जनताको सेवालाई केन्द्रमा राखेर राष्ट्रनिर्माणमा लाग्न आग्रह गरे । 

 संघीय, प्रतिनिधिसभा सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशका विभिन्न स्थानमा लुकेका प्रतिभाशाली खेलाडीलाई पहिचान गरी उनीहरूलाई आवश्यक समन्वय र सहयोग गरी राष्ट्रिय खेलाडीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ऋध्यक्ष विष्टले खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाउन सकिने विश्वास व्यक्त गरे । 

See More On

सुझावित समाचार