सत्तागठबन्धनको बैठक : अध्यादेश खारेजी र मन्त्रिपरिषद् विस्तारबारे तत्काल निर्णय लिन प्रधानमन्त्रीलाई आग्रह

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

सत्तासाझेदार गठबन्धनको बैठकले तत्काल राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले प्रधानमन्त्री देउवालाई यस्तो आग्रह गरेका हुन्।

बैठकमा सहभागी नेताहरूले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेर यी विषय टुंगो लगाउन आग्रह गरेका हुन्। बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी थिए।

सुझावित समाचार