महामारीको सामना गर्न नीतिगत स्पष्टता र कानुनी प्रबन्ध हुनुपर्छ : प्रधानमन्त्री

आइतबार, १० असोज, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीको सामना गर्न नीतिगत स्पष्टता र कानुनी प्रबन्ध आवश्यक भएको औँल्याएका छन् । कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहने भन्दै उनले महामारीको सामनाका लागि नीतिगत स्पष्टता र कानुनी प्रबन्धमा जोड दिएका हुन् । 

नेपाल चिकित्सक संघको पहिलो स्वास्थ्य शिखर सम्मेलनको शनिबार उद्घाटन कार्यक्रममा उनले नीतिगत स्पष्टता र कानुनी प्रबन्धमा जोड दिए । प्रधानमन्त्री देउवाले विपत्तिको सामना गर्न अवलम्बन गर्नुपर्ने आधारहरूलाई नीतिगत रूपमा समावेश गर्नुपर्ने बताए । यसो गर्न सकेमा स्वास्थ्य सेवाको परिकल्पना गरेबमोजिमको सर्वसुलभ, सहज पार्दै जनताको जीवन रक्षा गर्न सकिने उनको भनाइ थियो ।

See More On

सुझावित समाचार