वडा अधिवेशन नसकिएपछि कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ लाई सर्‍यो

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

काठमाडौं जिल्लामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबारका लागि तोकिएको ११ वटा पालिकाको अधिवेशन सरेको छ । जिल्ला निर्वाचन समितिले जिल्ला कार्यसमितिसँगको सहमतिमा अधिवेशनको मिति सारेको हो ।

कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँका अनुसार २ वडामा अधिवेशन हुन नसकेको र एउटा वडामा मतदान नटुंगिएकाले अधिवेशन सारिएको जानकारी दिए । उनले जिल्ला निर्वाचन समितिले सहमतिमा नै असोज १६ मा पालिका अधिवेशनको नयाँ मिति तय गरेको जानकारी दिए । 

‘काठमाडौं महानगरपालिका–३२ मा मतदान नसकिएको र कागेश्वरी मनहरा नगरपालिका–५ र दक्षिणकाली नगरपालिका–२० मा मतदान अधिकृतले समन्वय नगर्दा निर्वाचन हुन सकेको छैन,’उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन समितिले सहमतिमै १६ गतेका लागि नयाँ अधिवेशनको मिति तय गरेको हो ।’
 

सुझावित समाचार