एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेन्डा

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेन्डा

फाइल तस्बिर

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक असोज ८ र ९ गतेका लागि बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो। 

यसअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा ती प्रस्तावहरू पेस गरिएका थिए। बैठकले स्थायी कमिटी प्रस्ताव अनुमोदनका लागि केन्द्रीय समितिमा लैजाने निर्णय गरेको थियो।
 

सुझावित समाचार