तीस दिनमा पचास योजना सम्पन्न गर्ने लक्ष्यमा काम गरिरहेको छु : मन्त्री शाक्य

आइतबार, ३ असोज, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजयक्रान्ति शाक्यले मन्त्रालयअन्तर्गत एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास योजनालाई एक महिनाभित्रै सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको बताएका छन्। नेकपा एमाले काठमाडौं महानगर कमिटी वडा १२, २१ र २२ ले संयुक्त रूपमा गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन्।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत एक वर्षमा सम्पन्न गर्नुपर्ने पचासवटा योजना रहेछन्,’ मन्त्री शाक्यले भने, ‘ती कार्यक्रम एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले म दैनिक १२ घन्टा मन्त्रालयमा बसेर काम गरिरहेको छु।’

मन्त्री शाक्यले त्यसका लागि सबैको साथ–सहयोगको अपेक्षा गरेको बताएका थिए। मन्त्री शाक्यले आन्तरिक मामिलामन्त्रीको हैसियतमा आफूले जिम्मेवारी सम्हाल्नेबित्तिकै प्रदेशको शान्ति–सुरक्षाका सन्दर्भमा विशेष चासो राख्दै कार्यक्रमहरू अघि बढाएको पनि जानकारी दिए।

‘अष्टलक्ष्मी शाक्यज्यूको नेतृत्वको यो सरकारले निरन्तरता पायो भने एक महिनामा यी सबै योजनाको टुंगो लगाएर अरू थप पचासवटा योजनासहित त्यसका लागि बजेट बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ शाक्यले भने।

कार्यक्रममा बोल्दै उनले बागमती प्रदेशका एक सय दुईवटा कानुन निर्माण भसकेको जानकारी दिए। ‘करिब ३७ वटा ऐन र कानुन भने बन्ने क्रममा रहेको उनको भनाइ थियो।

See More On

सुझावित समाचार