चलचित्रकर्मीले भेटे एमाले अध्यक्ष ओली

आइतबार, ३ असोज, २०७८
डिजिटल संस्करण

चलचित्रकर्मीहरूले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर यस क्षेत्रमा कोरोना महामारीले पारेको प्रभावबारे बताएका छ। आइतबार बिहान ओलीनिवास बालकोट पुगेर उनीहरूले करोना महामारीले थलिएको चलचित्र क्षेत्रको पुनर्निर्माणका लागि पहल गर्न अनुरोध गरेको निर्माता निदेशक अशोक शर्माले जानकारी दिए। 

यसअघि उनीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।  भेटमा ओलीले पार्टी र आफ्नोतर्फबाट चलचित्र क्षेत्रका लागि सरकार र सदनमा जोडदार रूपमा प्रस्तुत हुने वचन दिएका थिए। 
 

सुझावित समाचार