चलचित्रकर्मीले प्रचण्ड भेटेर भने– महामारीले फिल्म क्षेत्र तहसनसह भयो, बजेटमा पनि समेटिएन

बुधबार, ३० भदौ, २०७८
डिजिटल संस्करण

चलचित्रकर्मीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। बुधबार बिहान प्रचण्डनिवासमा भएको भेटमा कोरोना महामारीले चलचित्र क्षेत्रमा पारेको असरबारे उनीहरूले कुरा राखेका थिए।

कोरोना महामारीमा चलचित्र क्षेत्र प्रत्यक्ष प्रभावित बनेको भन्दै उनीहरूले सकारात्मक पहलका लागि प्रचण्डसँग अनुरोध गरेका थिए। चलचित्र विकास बाेर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र संघ, निर्माता संघ, प्राविधिक संघ र कलाकार संघका प्रतिनिधिहरूले प्रचण्डलाई भेटेर बजेटमा यस क्षेत्रलाई नसमेटिएको भन्दै गुनासो गरेका थिए।

कोरोना महामारीले चलचित्र क्षेत्र तहसनहस हुँदा पनि राज्यले ध्यान नदिएको विषयमा ध्यानाकर्षण गराएको निर्माता निर्देशक अशोक शर्माले बताए। ‘बजेटमा समेत चलचित्र क्षेत्रलाई मेटिएन,’ उनले भने, ‘हलहरू लामो समयदेखि बन्द छन्। कलाकार, निर्माता, निर्देशक आर्थिक कठिनाइमा परिरहेका छन्। तर, बजेटमा यो क्षेत्रलाई समेटिएन। अध्यक्ष प्रचण्डलाई यस्तै विषयमा ध्यानाकर्ण गराएका छौँ।’ प्रचण्डले यस विषयमा प्रधानमन्त्रीसँग आफूले कुरा गर्ने आश्वासन दिएका छन्।

See More On

सुझावित समाचार