पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

बुधबार, ३० भदौ, २०७८
डिजिटल संस्करण

वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बुधबार  बिहान २:४५  बजेतिर इच्छाकामना गाउँपालिका– ५ नाग्दी खोलामा माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको हो । 

पहिरोका कारण दुईतर्फी यातायात नै ठप्प छ । खसेको पहिरो हटाउने काम भइरहेको  जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
 

See More On

सुझावित समाचार