नेपालले ओमानलाई दियो १९७ रनको सामान्य चुनौती

मंगलबार, २९ भदौ, २०७८
डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ओमानलाई १९७ रनको सामान्य चुनौती दिएको छ ।  ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १९६ रनमै अलआउट भयो ।

नेपालका आसिफ शेखले सर्वाधिक ९० रन बनाए । आसिफले ७ चौका र १ छक्का प्रहार गरेका थिए । आसिफबाहेक नेपालका अन्य खेलाडी जम्न सकेनन् । 

कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, सोमपाल कामीले ७, विनोद भण्डारीले ६, कुशल मल्लले ४ र बिक्रम सोबले २ रन मात्र बनाउन सके । ओपनर कुशल भुर्तेल शून्य रनमै आउट भए ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
 

सुझावित समाचार