एमालेको अवरोधबीच राष्ट्रिय सभाबाट लोकसेवा आयोग विधेयक पारित

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूको अवरोधबीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोकसेवा आयोग विधेयक– २०७८ पारित गरेको छ। राष्ट्रिय सभाको दोस्रो बैठक पनि एमालेका सांसदहरूले अवरुद्ध पारेका थिए। 

अवरोधबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक– २०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए। सो प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे।

यसअघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिई बैठक सुचारु हुन नदिने अडान राखेकी थिइन्। राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ।

See More On

सुझावित समाचार