सत्तारुढ पाँच दलको बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि ठाेस निर्णय हुन सकेन।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार दलसँग मन्त्रीको नाम छिटो दिन आग्रह गरेका थिए। मन्त्रालय भागबन्डा र मन्त्रीको नामबारे छिट्टै टुंगो लगाउने गरी बैठक सकिएको हो।