अर्थमन्त्री शर्मा र एमसिसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

शनिबार, २६ भदौ, २०७८
डिजिटल संस्करण

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की कम्प्याक्ट अपरेसन हेर्ने उपाध्यक्ष फतिमा जेड सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेकी छिन् । सुमार अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरबार पुगेकी हुन् । अर्थ मन्त्रालयमा भएको भेटमा आयोजनाको समग्र पक्षका बारेमा छलफल भएको बताइएको छ ।

भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताएका थिए । अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको छ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी छिन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी उपाध्यक्ष सुमारले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटिसकेकी छिन्।

See More On

सुझावित समाचार