राष्ट्रपति बाइडेनद्वारा सेप्टेम्बर ११ को आतंकवादी घटनामा मारिएकाप्रति श्रद्धाञ्जली व्यक्त

शनिबार, २६ भदौ, २०७८
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ को आतंकवादी घटनामा मारिएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।  राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतंकवादविरुद्ध सिर्जना भएको एकता र  सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन् ।

आजभन्दा ठिक २० वर्ष पहिले अमेरिकाले व्यहोरेको कुख्यात र अत्यन्त  दर्दनाक आतंकवादी हमलाका वेला बाइडेन सिनेटेर थिए । राष्ट्रपति बाइडेनले उक्त हमलामा विमानहरू दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जली र सम्मान अर्पण गर्ने तय भए पनि उनले बीचमै सम्बोधन छोट्याएर अरूलाई कार्यक्रम हस्तान्तरण गरेका थिए ।

शुक्रबार अबेर ह्वाइट हाउसले रेकर्डेड भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा रहन सबैमा आह्वान गरेका छन् । उक्त कुख्यात छटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् । राष्ट्रतपि बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ 'एकता नै ठूलो शक्ति हो' भनेका छन् ।

शुक्रबार राति राष्ट्रपति बाइडेन सेप्टेम्बर ११ को घटनाको स्मरणमा न्युयोर्क आइपुगेका हुन् । यहाँको आकाशमा बत्तीहरू दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावर त्रस्त देखिएका छन् । दृश्य टेलिभिजन स्क्रिनमा देखाइएकाे थियाे ।

सुझावित समाचार