आफ्नो मान्छे सरुवा गरेको झोँकमा वडाध्यक्षले गरे महानगरमा तोडफोड

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

आफूलाई जानकारी नदिई महानगर प्रशासनले आफ्ना नजिकका कर्मचारीको सरुवा गरेको झोँकमा बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले तोडफोड गरेका छन्।

वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोलले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा लात्ताले हानेका थिए। प्रमुख प्रशासकीय अधिकृत नभएको वेला वडाध्यक्ष महानगर पुगेका थिए। उनले आफूनिकट इन्जिनियर कर्मचारीको सरुवा गरेपछि ढोका तोडफोड गरेका हुन्।

वडाध्यक्ष डंगालले लात्ताले हानेपछि आल्मुनियमको ढोकाको कब्जा फुस्किएको छ। वडाध्यक्ष डंगोलले दुई महिनाअघि एक इन्जिनियर माग गरेका थिए। ती इन्जिनियरलाई प्रशासनले एकाएक सरुवा गरेपछि उनी आक्रोसित बनेका थिए।

प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले ढोका तोडफोडको विषयलाई सामान्य लिए। उनले रिसको आवेगमा वडाध्यक्षले ढोकामा हानेको बताए। उनले भने, ‘ती कर्मचारीले सरुवा मागेका थिए, त्यसपछि हामीले अर्कै कर्मचारी ल्यायौँ । तर, वडाध्यक्षले हटाउन खोज्नुभएको रहेनछ। त्यही विषयलाई लिएर उहाँले रिस पोख्नुभएको हो।’

See More On

सुझावित समाचार