प्रधानमन्त्री देउवा र एससिसी उपाध्यक्षबीच भेटवार्ता हुँदै

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज शुक्रबार भेट्दै छिन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र सुमारबीच दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता तय भएको छ। बिहीबार काठमाडौं आइपुगेकी सुमारले मुख्य राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेकी छिन्।

यसअघि, आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी सुमारले बिहीबार एमाले अध्यक्ष केपी ओली, जसपाका नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन्।

See More On

सुझावित समाचार