अदालतको आदेशपछि समय् फल्चाको शिलान्यास

बिहिबार, २४ भदौ, २०७८
डिजिटल संस्करण

जिल्ला अदालत ललितपुरको आदेशपछि पुल्चोकमा समय् फल्चाको शिलान्यास गरिएको छ। बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले फल्चाको शिलान्यास गरेका हुन्।

ललितपुर महानगरपालिका– ३ मा फल्चा रहेको स्थानमा लालीगुराँस सहकारी संस्थाले भवन बनाएको भन्दै परेको रिटमाथि अदालतले पार्टी निर्माण गर्न आदेश दिएको थियो।

फल्चा निर्माणका लागि सहकारीको भवनको प्रवेशद्वारअगाडिको जग्गा खाली गरेर शिलान्यास गरिएको हो। सहकारीको कार्यालय प्रवेशद्वारमा शिलान्यास गर्ने क्रममा केही समय विरोधसमेत भएको थियो। महानगरले जिल्ला अदालतको आदेशअनुसार फल्चा पाटीको शिलान्यास गरेको बताएको छ।

सुझावित समाचार