काठमाडौं आइपुगिन् एमसिसी उपाध्यक्ष फतिमा सुमार

बिहिबार, २४ भदौ, २०७८
डिजिटल संस्करण

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आइपुगेकी छिन्। उनीसँगै सहायक उपाध्यक्ष जोनथन ब्रुक्स पनि काठमाडौं आइपुगेका छन्। 

कतार एयरलाइन्सको विमानबाट उनीहरू आज बिहान काठमाडौं आइपुगेका हुन् । उनीहरू ल्यान्ड हुने समय विमानस्थल वरपरको सुरक्षा कडा बनाइएको थियो। उनीहरूको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र विभिन्न पार्टीका शीर्ष नेताहरू भेट्ने कार्यक्रम छ। नेपालमा परियोजना के गर्ने भन्ने बहस भइरहेको समयमा उनीहरू चारदिने नेपाल भ्रमणका लागि आएका हुन् ।
 

See More On

सुझावित समाचार