सभामुखविरुद्ध संसदमा एमाले सांसदको नाराबाजी

बुधबार, २३ भदौ, २०७८
डिजिटल संस्करण

पार्टीले कारबाही गरेका सांसदहरूलाई सभामुखले कारबाही नगरेको भन्दै संसदमा एमाले सांसदले नाराबाजी गरेका छन्।

आजको बैठक सुरु हुनासाथ एमाले प्रमख सचेतक विशाल भट्टराईले सभामुख एमाले विभाजनको मतियार बनेको भन्दै सभामुखको जवाफ माग गरेका थिए।

भट्टराईले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) दल दर्ताको पक्षमा उभिएका १४ सांसदलाई कारबाहीको पत्रमाथि कारबाही नगर्नुको कारणबारे जवाफ माग गरेका थियो। सभामुखले नियोजित रूपमा एमाले टुक्य्राउन कारबाहीको पत्रमाथि कारबाही नगरेको र पार्टी फुटिसकेपछि कारबाहीको औचित्य समाप्त भएको भन्दै कारबाही गर्नु नपर्ने जवाफ दिएको बताएका थिए। 

जवाफमा सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसदमा छलफल हुन नसक्ने भएकाले कारबाही नगरिएको भन्दै जवाफ फर्काएका थिए। सभामुखको जवाफकै बीच एमाले सांसदहरूले नाराबाजी गरेका थिए। नाराबाजीपछि सभामुख सापकोटाले  १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन्। 
 

See More On

सुझावित समाचार