वाइसिएलको संयोजकमा सुमन देवकोटा

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ चयन भएका छन्। यसअघि वाइसिएलको राष्ट्रिय सम्मेलनले पदाधिकारीविनै केन्द्रीय समितिको घोषणा गरेको थियो। मंगलबार बसेको वाइसिएलको बैठकले संयोजकमा देवकोटा र सहसंयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको हो।

राष्ट्रिय सम्मेलनमा देवकोटा र सिर्पाली अध्यक्षका दाबेदार थिए। उनीहरूबीच सहमतिको प्रयास गरिए पनि जुट्न नसकेपछि पदाधिकारीविनै दुई सय ३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको थियो।

See More On

सुझावित समाचार