काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ। गृह मन्त्रालयले प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरेको हो।
उनको ठाउँमा मन्त्रालयको सामान्य प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाल आएका छन्। प्रजिअ पराजुलीले गत मंसिरदेखि काठमाडौं प्रजिअको जिम्मेवारी सम्हालेका थिए।