देवचुलीबाट डेढ लाख नगदसहित पाँच जुवाडे पक्राउ

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– १७ बाट नवलपुर प्रहरीले तास खेलिरहेका पाँचजनालाई एक लाख ५० हजार आठ सय ५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा देवचुली– १७ बस्ने ३६ वर्षीय कमल महताे, देवचुली– १६ बस्ने  ३५ वर्षीय सन्तोष सिग्देल, ४९ वर्षीय  गोविन्द थनेत,  ५८ वर्षीय हिरा महताे र  ४३ वर्षीय  मणिराम महताे रहेका छन् । उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको नवलपुर प्रहरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

See More On

सुझावित समाचार