पहिराेका कारण मुग्लिन-नौबिसे सडक अवरुद्ध

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

पहिराेका कारण मुग्लिन-नौबिसे सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जोगीमारामा बिहान ६:०० बजे सडकमाथिबाट पहिरो  खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए ।  पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए । 

सुझावित समाचार