कांग्रेस निर्वाचन : दाङका ५० वडामा सर्वसम्मत नेतृत्व

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

दाङका ५० वडामा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ । एक सय वडामध्ये ५० वडामा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत प्रह्लाद कार्कीले बताए । 

उनका अनुसार अहिले पनि सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको छ  । ‘अहिलेसम्म दाङका ५० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ,’ उनले भने, ‘आज साँझसम्म अझै बढ्ने देखिन्छ, जतिसक्दो हामीले सर्वसम्मत नेतृत्व चयनलाई जोड दिएका छौँ ।’

उनका अनुसार आइतबार उम्मेदवारी दर्ताको समय तोकिएको थियो भने आज निर्वाचन तोकिएको थियो । तर, सर्वसम्मत हुने सन्दर्भमा निर्वाचन कार्यतालिकालाई हेरफेर गरिनेसमेत उनले बताए । ‘हामीले सर्वसम्मत नेतृत्व चयन गर्नका लागि वडा–वडाका निर्वाचन अधिकृतलाई निर्वाचनको तालिका हेरफेर गर्ने अधिकार पनि दिएका छौँ,’ उनले भने । दाङमा आज निर्वाचन तोकिएको थियो ।  
 

सुझावित समाचार