महालक्ष्मी विकास बैंक र सम्यकबीच सम्झौता

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायग्नोस्टिक प्रालिसँग सम्झौता गरेको छ । बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने सम्झौता गरेको हो । 

देशका एक सय तीन शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरूलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । 

सुझावित समाचार