गृहमन्त्री खाँणले भेटे मेलम्चीका बाढीपीडित

शनिबार, १९ भदौ, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलाको मुहानक्षेत्र भेमाथाङको मेलम्चीघ्याङबाट निरीक्षण गरेपछि हेलम्बुको गणेश बगरमा रहेका बाढीपीडितलाई भेटेका छन्। पीडितहरूलाई भेटेर खाँणले पुल, सडक र स्थायी आवासका लागि सरकारले काम गरिरहेको बताए ।

पुल हालिने ठाउँको प्राविधिक परीक्षण पनि भइसकेकाले सरकारले तत्कालै बेलिब्रिज हालेर बाढीग्रस्त क्षेत्रको टुटेको सम्पर्क पुनर्स्थापित गर्न चाहेको खाँणले बताएका छन् ।

भेमाथाङ पहिरो रोक्न अध्ययन भइरहेको तथा हेलम्बुमा २२७ र मेलम्चीमा १८० बाढीपीडितका लागि स्थायी पुनर्वासतर्फ पनि सरकारले काम गरिरहेको जानकारी प्राप्त भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

खाँणसँगै पूर्वमन्त्रीद्वय मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश सांसद निमा लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललगायतले यस क्षेत्रको अवलोकन गरेका  थिए ।

सुझावित समाचार