लुम्बिनी विकास बैंक बन्यो वित्तीय विवरण रनरअप अवार्ड विजेता

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली लेखा व्यवसायीहरूको नियमनकारी निकाय ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था’ (आइक्यान)ले लुम्बिनी विकास बैँकलाई सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने दोस्रो बैंकको रूपमा सम्मानित गरेको छ । संस्थाले प्रत्येक वर्ष वितरण गर्ने बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए)को फाइनान्सियल सेक्टरको विधामा बैंकले रनरअप अवार्ड प्राप्त गरेको हो । 

बैंकले सदैव कटिबद्ध रही आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गर्नुको साथै आफूलाई अवार्डको योग्य ठान्ने आइक्यानका साथै अवार्ड प्राप्त गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभर ७२ शाखा र १७ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार