नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिन्धुलीको कमलामाई नगरपालिकाको सिन्धुलीमाडीमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सिन्धुलीमाडीका मेयर खड्गबहादुर खत्री र प्रबन्धक सुशीलकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
नयाँ शाखाले त्यस क्षेत्रका ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्नुका साथै स्थानीयको मागअनुसारको बैंकिङ सेवा पूर्ण रूपमा प्रदान गर्ने बैंकले जनाएको छ ।
नयाँ शाखासँगै बैंकले ८७ शाखा, १ सय ३० एटिएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङमार्फत सेवा पु¥याइरहेको जनाएको छ ।