बागमतीका १२ एमाले सांसदले रोजे एकीकृत समाजवादी

मंगलबार, १५ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा एमाले विभाजनपछि बागमती प्रदेशका १२ एमाले सांसदले माधव नेपालको नेकपा एकीकृत समाजवादी चयन गरेका छन्। उनीहरूले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्।

हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

सामाजिक विकासमन्त्रीसमेत रहेका कृष्ण खनाल उपस्थित नभए पनि उनले एकीकृत समाजवादी चयन गर्ने बताउँदै आएका छ्न्। नेकपा एसका नेता राजेन्द्र पाण्डेले खनाल आजै उपस्थित भएर सनाखत गर्ने बताए। उनले हाल १२ जनाले नेकपा एस चुनेको र यो संख्या बढ्ने दाबी गरेका छन्।

See More On

सुझावित समाचार