भेलले बगाएर दुईको मृत्यु, एक बेपत्ता

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

नवलपरासीको रामग्राममा बाढीले बगाएर दुईजनाको मृत्यु भएको छ । बाढीका कारण रामग्राम– १६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय छोरा  प्रदीप पासीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घरमा जाने क्रममा भेलले बगाएको हो ।  दुवैजनाको शव घरनजिकैको खेतमा मृत अवस्थामा फेला परेको डिएसपी राजु लामाले जानकारी दिए । 

त्यसैगरी बाढीले ज्यान जोगाउन निस्कँदा सुनवल– १३ की ओरिसा तामाङलाई भेलले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । 
 

See More On

सुझावित समाचार