राजनीतिक दलसम्बन्धी अध्यादेशको मुद्दा हेर्न नभ्याइनेमा

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेशसको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। संवैधानिक इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको सर्वोच्चले जनाएको हो।  

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई समावेश गरिएको थियो। 

सर्वोच्च अदालतले भदौ ३ गते दर्ता भएका ६ रिटको पेसी शुक्रबारका लागि तोकेको हो। अध्यादेश संविधानविपरीत रहेकाले खारेज गर्न अन्तरिम आदेश माग गर्दै अधिवक्ता प्रवेश केसीलगायतले सर्वोच्चमा रिट हालेका थिए।

सुझावित समाचार