काबुल विमानस्थलबाहिर विस्फाेट, मृत्यु हुनेको संख्या ६० पुग्यो

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फाेट हुँदा  १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ । विस्फाेटमा परेर एक सय २० भन्दा बढी घाइते भएको जनाइएको छ । विस्फाेट बिहीबार साँझ भएको हो । 

अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थलपरिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिँदै आएको थियो । विमानस्थलमा एसियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेकाे हुन सक्ने अनुमान गरिएको छ।     
     
   

See More On

सुझावित समाचार