सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले अबको केही दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए।
सबै पार्टीहरूलाई मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ भएको उनको भनाइ छ। सहमहामन्त्री महतले कांग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिस्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताए।