सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिले वीरेन्द्र वैदवार क्षत्रीलाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको छ । इन्स्योरेन्समा वरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरी कायममुकायम प्रमुख कार्यकारी हुँदै चारवर्षे प्रमुख कार्यकारीको जिम्मेवारी पूरा गरेका क्षत्रीलाई दोस्रो कार्यकाल चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।
क्षत्रीले पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी भारतीय बिमा संस्थानबाट एफआइआइआई उपाधि हासिल गरेको जनाइएको छ । उनी अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तिका रूपमा परिचित रहेको कम्पनीको दाबी छ । संस्थागत सुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेे प्रशासकका रूपमा उनको परिचय बनेको कम्पनीले जनाएको छ ।