डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशन मंसिरभित्र

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरूको शुभेच्छुक संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल (डिएलए)ले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने भएको छ। शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकले असोज १५ भित्र जिल्ला अधिवेशन गरी केन्द्रीय प्रतिनिधि चयन गर्ने, भदौ ११ भित्र विधान मस्यौदा समिति गठन गर्नेलगायतका निर्णय गरेको छ। डिएलएका केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा पौडेलका अनुसार मंसिरभित्रलाई तय भएको महाधिवेशनको दिन भने कोरोनाको अवस्था हेरेर तोकिनेछ।

सुझावित समाचार