एक करोड ४० लाखमा घाँस काट्ने मेसिन किनेर ठेकेदारलाई घाँस काट्ने ठेक्का

शुक्रबार, ४ भदौ, २०७८
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रनवेको घाँस काट्न भन्दै खरिद गरेको एक करोड ४० लाखको मेसिन आफूसँग हुँदाहुँदै छुट्टै ठेक्का दिएको पाइएको छ। शुक्रबार सार्वजनिक भएको महालेखापरीक्षकको प्रतिवेदनले यो अनियमिताको खुलासा गरेको हो।

शुक्रबार सार्वजनिक भएको महालेखापरीक्षकको ५८औँ प्रतिवेदनले यसलाई अनावश्यक खर्च गरेर सरकारको व्ययभार मात्रै बढाएको भनेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पाँच करोड नौ लाखमा खरिद गरेको कंक्रिट कटर विगत ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। विमानस्थलले ०७२ सालमा उक्त मेसिन खरिद गरेको थियो। 

सुझावित समाचार