बागमती प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रदेश प्रमुखमा शर्मा नियुक्त

शुक्रबार, ४ भदौ, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को  सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार बिहीबारको मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरी शर्मालाई नियुक्त गरिएको हो।

सुझावित समाचार