सरकारले गाईजात्राको दिन बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन उपत्यकामा सार्वजनिक बिदासँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
त्यस्तै, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।