नेकपा एमालेका नेता घनश्याम भुसालले विचारहीनता र सिद्धान्तहीनताका कारण पार्टीमा समस्या सुरु भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन्। संगठनात्मक विधि र पद्धतिमा इमानदार हुन नसक्दा विसर्जनतिर गइरहेको भन्दै उनले फेरि पनि पार्टीमा हस्तक्षेपको खाँचो रहेको बताएका छन्।
‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता/सिद्धान्तहीनताबाट सुरु भएको हो। कम्तीमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो । त्यसमा पनि इमानदार नहुँदा हामी तीव्र रूपमा विसर्जनतर्फ जाँदै छौँ । जति धेरै बेइमानी त्यति धेरै सत्यानास ! फेरि पनि हस्तक्षेपको खाँचो छ,’ उनले लेखेका छन्।