रसुवामा पहिरोमा पुरिएका चार बेपत्तामध्ये दुईजनाको शव भेटियो

बिहिबार, ३ भदौ, २०७८
डिजिटल संस्करण

रसुवाको नौकुण्ड गाउँपालिका– ५ कोलडाँडामा पहिरोमा परी बेपत्ता भएका चारमध्ये दुईजनाको शव भेटिएको छ । वर्ष ३२ की कमला गलान र उनकी कान्छी छोरी वर्ष आठकी सुकुमाया गलानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए । बेपत्ता भएका वर्ष ११ की सोकिता गलान र वर्ष सातका आशिष गलानको खोजीकार्य भइरहेको उनले बताए । 

गम्भीर घाइते अवस्थामा उद्धार गरी नुवाकोट पठाइएका ३६ वर्षीय श्यामबहादुर गलान तामाङलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएको प्रहरीले जनाएको छ । एकतले जस्ताले छाएको घरमाथि सडकको डिल भासिँदा  तामाङकाे घर पुरिएको थियो ।  घटनास्थलमा स्थानीय, सेना  र प्रहरी उद्धारमा खटिएका छन् ।

See More On

सुझावित समाचार