माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई एकसाथ एउटै मञ्चमा उभिने भएका छन् ।
बिहीबार समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘२१औँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रिया कार्यक्रममा तीन नेता सहभागी हुने भएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त अन्तर्क्रियाको प्रमुख वक्ताको रूपमा प्रचण्ड छन् भने विशेष वक्ताको रूपमा नेपाल र भट्टराई छन् । सोही कार्यक्रममा वामदेव क्षेत्री (घिमिरे)द्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचनसमेत हुने जनाइएको छ ।