बैंकिङ कसुरका दुई फरार प्रतिवादी पक्राउ

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

बैंकिङ कसुर प्रमाणितपछि फरार दुई अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको  छ । पक्राउ पर्ने दक्षिणकाली– ३ सोखेलका ४० वर्षीय  समुन्द्रकेशर केसी र काभ्रे धुलिखेल– २ का ४८ वर्षीय श्यामप्रसाद ‘धिनाजु’ श्रेष्ठ रहेका छन् । 

केसीलाई काठमाडौं जिल्ला अदालतले तीस लाख रुपैयाँ जरिवानासहित १५ दिन कैद सजाय र श्रेष्ठलाई भक्तपुर जिल्ला अदालतले १० लाख रुपैयाँ जरिवानासहित ६ दिन कैद सजाय हुने फैसाला गरेको थियो ।

उनीहरूले खातमा पर्याप्त रकम नभएको जान्दाजान्दै पीडितलाई सनराइज  र मेगा बैंकको चेक दिएका थिए । 

पक्राउ दुवैजनालाई सजाय असुल गर्न सम्बन्धित जिल्ला अदालत पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।

सुझावित समाचार