निरंकुश र व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह : प्रचण्ड

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध आफूहरूले विद्रोह गरेको बताएका छन्। 

अध्यक्ष प्रचण्डले ओलीको नाम नलिईकन कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति बडाे निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य भएको बताए। 

सहिद रामवृक्ष यादवको २७औँ स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गरेर क्रान्तिकारी प्रवृत्तिलाई हाबी गर्दै अरूलाई पनि सच्याउने बाटोबाट अघि बढ्ने संकल्प लिएका वेला पार्टीभित्रैको निरंकुश प्रवृत्तिविरुद्ध जुधेर प्रतिगमनलाई परास्त गरेको पनि दोहोर्याए। 

अध्यक्ष प्रचण्डले आफैँभित्रको कमजोरीलाई हटाएर मुलुकको समृद्धि र समाजवाद निर्माणको यात्रालाई अघि बढाउन पार्टीका नेता, कार्यकर्तालाई पनि आह्वान गरे। 
 

See More On

सुझावित समाचार