सडक निर्माणमा जुटे मुगु-हुम्लाका महिला

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण
सडक निर्माणमा जुटे मुगु-हुम्लाका महिला

हुम्लाको चंखेली गाउँपालिका सातथाप्ले नजिकै सडक निर्माणमा जुटेका महिलाहरू। तस्बिर : नयाँ पत्रिका

मुगु–हुम्ला लिंकरोड निर्माणकार्यमा ४७ प्रतिशत महिला योगदान दिइरहेका छन्। मुगुको रेडक्रसदेखि दर्खेखोला, चंखेली हिमाल हुँदै हुम्लाको देउली जोड्ने यो सडक निर्माणमा यतिवेला एक सय २३ समूहमा दुई हजार चार सय ६० जनाले काम गरिरहेका छन्। 

०७५ पुसदेखि निर्माण सुरु गरिएको मुगु गमगढीदेखि हुम्लाको देउलीसम्मको ६७ किलोमिटर ट्रयाक खुलिसकेको र सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सडक निर्माणमा पुरुष र महिलाको संख्या बराबरीजस्तै छ।  

प्लास्टिककाे टेन्ट लगाएर मुगु र हुम्लाका महिला सुरुवातदेखि नै सडक निर्माणकार्यमा जुटेका थिए। कोरोना महामारीको वेला पनि लगातार सडक निर्माणको काम भइरहेको छ। 

महिलाहरूले सडक खन्ने काम गरेको करिब तीन वर्ष पाँच महिना भयो। यो अवधिमा बाम गाउँकी ४२ वर्षीया नानी बडुवाल तीन लाख कमाएको बताउँछिन्। 

सुझावित समाचार